प्रथम त्रैमासमा सबैभन्दा धेरै मुनाफा गर्ने राष्ट्रिय वाणिज्य बैंक

Investopaper, कार्तिक ३०, २०७६

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै मुनाफा राष्ट्रिय वाणिज्य बैंकले गरेकाे छ । नबिल बैंकले वाणिज्य बैंकभन्दा ४० लाख थोरै एक अर्ब १२ करोड ३५ लाख मुनाफा आर्जन गरेको बित्तीय विवरण प्रकाशित गरिसकेकाे छ ।

यस बैंकले चालु आवको असोज मसान्तसम्ममा एक अर्ब १२ करोड ७५ लाख ३७ हजार खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ११ करोड ९० लाख ७४ हजार खुद नाफा कमाएको थियो।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ३० करोड ६३ लाख ११ हजार रुपैयाँ रहेको छ।

चालु आवको तीन महिना अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ८७ अर्ब ३६ करोड निक्षेप संकलन गरेर १ खर्ब ४३ अर्ब ३३ करोड कर्जा प्रवाह रहेको छ । बैंकको निक्षेप १.४ प्रतिशत र कर्जा लगानी ०.७८ प्रतिशतले घटेको हो।

राष्ट्रिय वाणिज्यले हासिल गरेका प्रमुख बित्तीय विवरणहरूः

  • बैंकको चुक्ता पूँजी ९ अर्ब ४७ लाख ९५ हजार ७०० रुपैयाँ छ।
  • बैंकको जगेडा कोषमा १३ अर्ब ७१ करोड ७१ लाख राखेको छ ।
  • खराब अनुपात घटाएर ३.५० प्रतिशतमा झारेपनि अझै उच्च देखिन्छ ।
  • यस अवधिमा बैंकको स्प्रेडदर ५.९८ रहेकाे छ जुन केन्द्रीय बैंकले तोकेको भन्दा उच्च हाे ।
  • पूँजीकोष अनुपात १३.९५ प्रतिशत रहेकाे छ ।
  • कर्जा निक्षेप अनुपात ७१.९७ प्रतिशत र
  • आधार दर ६.६ प्रतिशत रहेकाे छ ।
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *