टी–ट्वान्टी क्रिकेट : भारतलाई उसकै भूमीमा हराउँदै पहिलो पटक बंगलादेश विजयी
Investopaper, कार्तिक १८, २०७६
भारत पहिलोपटक आफ्नै मैदानमा पराजित भएको छ । भारतविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा बंगलादेश विजयी भएको हो । दिल्लीमा आइतबार राति भएको खेलमा बंगलादेशले भारतलाई ७ विकेटले पराजित गरेको हो ।
भारतले दिएको १४९ रनको लक्ष्य बंगलादेशले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । योसँगै बंगलादेशले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई पहिलो पटक पराजित गर्दै ऐतिहासिक जित निकालेको छ ।
बंगलादेशको जितमा मुस्फिकर रहिमले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ्स खेलेका थिँए । यस्तै सौम्य सरकारले ३९ तथा मोहमद नाइमले २६ रन जोडे । कप्तान महमदउल्लाह १५ रनमा अविजित रहे ।
भारतका दिपक चहर, खलिल अहमेद र युजभेन्द्र चाहलले समान १–१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनाएको थियो ।

भारतका लागि शिखर धवनले ४१ तथा ऋषप पन्तले २७ रन बनाए । श्रेयर एयरले २२ रन बनाउँदा लोकेश राहुलले १५ रन बनाए । यस्तै कप्तान रोहित शर्मा ९ रनमा आउट हुँदा कुर्नाल पाण्डयले अविजित १५ रन जोडे बंगलादेशका एमिन्युल इस्लाम र सैफुल इस्लामले २–२ विकेट लिए ।
भारत बंगलादेश बीच भैरहेकाे तीनवटा श्रृखलाकाे टी–ट्वान्टी क्रिकेटकाे दाेश्राे र तेश्राे म्याचहरू आगामी बिहीवार तथा आइतवार हुनेछन ।
— एजेन्सी
