महालेखाकाे प्रतिवेदन भन्छ, सामाजिक सञ्जालको आयमा कर लगाऊ

Investopaper, वैशाख ०१, २०७६

महालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाइएकाे छ । उमक्त महालेखाकाे प्रतिवेदनले नेपालमा सञ्चालन हुने विभिन्न प्रकारका समाजिक सञ्जालबाट कर उठाउन सरकारलाई निर्देशन दिएको छ।

‘फेसबुक, मेसेन्जर, भाइबर, इमो, हवाट्सएपलगायत सामाजिक सञ्जालमार्फत गरिने विज्ञापनको माध्यमबाट पनि राज्यको ठूलो धनराशी विदेशिएको भनी प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले आयकर ऐन २०५८ को ६७ अनुसार कर लगाउन सकिने बताएको उल्लेख छ।

ऐन अनुसार रेडियो अप्टिकल्स फाइबर्स वा भू–उपग्रह जस्ता सञ्चार माध्यमबाट सूचना सम्प्रेषण गर्ने व्यवसाय सञ्चालन गर्ने व्यक्तिले नेपालमा स्थापित संयन्त्रबाट खबर वा सूचना सम्प्रेषण गरी प्राप्त गरेको भुक्तानी नेपालमा स्रोत भएको मानिने व्यवस्था छ।

सोही ऐनअनुसार इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने भाइबर, फेस बूक मेसेन्जर, स्काइप, ह्वाटस् एप, वीच्याट, इमो जस्ता एप्लिकेसन नेपालमा निर्वाधरूपमा सञ्चालन भइरहेकाले उक्त एप्लिकेसनलाई कर लगाउनुपर्ने सुझाव उसले दिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *