शिक्षकका समस्या समाधान वार्ताबाटै : शिक्षामन्त्री पन्त

न्भेष्टाेपेपर ।  वैशाख १२, २०८२

काठमाडौँ ।  नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकका समस्या वार्ताको माध्यमबाटै समाधान गर्ने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि मन्त्री पन्तले आफू अब बोल्नेभन्दा पनि काम गरेर परिणाम निकाल्नेतर्फ लाग्ने पनि बताउनुभयो । 

सञ्चारकर्मीसँग मन्त्री पन्तले भन्नुभयो, “भर्खर मन्त्रालय प्रवेश गरेको छु । सबै विषयमा राम्ररी जानकारी लिएको छैन, त्यसबारेमा राम्ररी जानकारी लिनुअघि मैले बोल्नु त्यति उपयुक्त हुँदैन । अहिले धेरै बोल्नेभन्दा पनि कसरी काम गर्ने भन्नेतर्फ ध्यान दिने छु ।” शिक्षा ऐनलगायत विभिन्न पेसागत माग राख्दै सडक आन्दोलनमा रहेका शिक्षकबारे आफू जानकार रहेको पन्तले बताउनुभयो । 

कार्यालय समय सकिन लाग्दा मन्त्रालय प्रवेश गर्नुभएका उहाँले सचिव काफ्लेले पेस गर्नुभएको मन्त्रालयको आन्तरिक नियन्त्रण व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्न आवश्यक कार्यविधि निर्माण गर्ने टिम गठनको फाइल सदर गरेर कार्यभार समाल्नुभएको थियो ।

सबै समस्या समाधानको एउटै उपाय वार्ता भएको उहाँले बताउनुभयो । शिक्षकहरू चैत २० गतेदेखि निरन्तर बबरमहल तथा बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । शिक्षकका मागबारे छलफल गर्न सरकारले पटक पटक अनुरोध गरे पनि शिक्षकले अस्वीकार गर्दै आएका छन् । तर मन्त्रालयका अधिकारीसँग अनौपचारिक छलफल भने भइरहेको छ । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएपछि पन्त शिक्षामन्त्रीमा नियुक्त हुनुभएको हो । 

कार्यभार समाल्नुअघि मन्त्री पन्तले राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रिपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएको थियो । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पन्तलाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *