तीजकाे अवसरमा सेल्फी प्रतियोगिताको सुरुवात

इन्भेष्टोपेपर । भाद्र ०३, २०७७ 

नेपाली नारीहरुको महान चाड तीजकाे अवसरमा Ponds नेपाल तथा Dove नेपालले “Teej Ready Selfie” प्रतियोगिताको सुरुवात गरेको छ ।

Ponds नेपाल र Dove नेपालले तीज महोत्सव मनाउन उत्साहित नेपाली महिलाहरूको लागि सेल्फी प्रतियोगिता आयोजना गरेको हाे । यस सेल्फी प्रतियोगितामा भागलिनको लागि महिला सहभागीहरुले तीज मनाउनको लागि तयार भएको आफ्नो फोटो Ponds नेपाल तथा Dove नेपालको अधिकारिक फेसबुक पेजको इनबक्समा पठाउनु पर्ने छ ।

सो फोटोहरु प्राप्त भए पछि प्रतियोगीहरुको सहमतिसंग Ponds नेपालर Dove नेपालको अधिकारिक फेसबुक पेजमा पनि अपलोड गरिने छ र साथै सहभागीहरुको आफ्नो फेसबुक पेजमा पनि आफ्नो फोटो अपलोड गर्नु पर्ने छ ।

अपलोड भएका फोटोहरु मध्य उत्कृष्ट १० सहभागीलाई यस प्रतियोगिताको बिजेता घोषणा गरिनेछ । बिजेताले उपहार स्वरुप Ponds र Dove को तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन् । प्रतियोगिता भाद्र ३ देखि १६गतेसम्म सञ्चालन हुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *