कुश्मामा भिषण पहिराेः ६ जनाको लाश फेला, तीनजना अझै बेपत्ता

इन्भेष्टोपेपर ।  जेष्ठ  ३२, २०७७ 

पर्वत । कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति गएको भिषण पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ। पहिरोमा नौजना पुरिएका थिए। आइतबार बिहानदेखि उद्धार कार्य सुरु गरेपछि थप चारजनाको लाश पुरिएको अवस्थामा फेला परेको हो।

शनिबार राति साढे ८ बजे गएको पहिरोमा पुरिएकामध्ये ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र नातिनी आठ वर्षीया बिबिशाको लाश भने शनिवार राति नै फेला पारिएको थियो।

बिहान ३२ वर्षीया कमला विक र ३० वर्षीय दिर्पा थापा, ५२ वर्षीय तुलबहादुर थापा र नाम नखुलेका एकजनाको लाश फेला परेको प्रहरीले प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए। बेपत्ता रहेका अन्य तीनजनाको खोजी तीब्र पारिएको सुवेदीले बताए। आइतबार बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबवासीले उद्धार सुरु गरेको छन्।

शनिबार राति साँझ ६ बजेदेखि २ घण्टासम्म आएको भीषण वर्षापछि घरहरु रहेको ठाउँभन्दा करिब ३०० मिटरमाथिको बनक्षेत्रबाट पहिरो आएको थियो। राति भएको र वर्षा भइरहेकाले राति उद्धार रोकिएको थियो। घरहरू पुरिएको नजिकै रहेका अन्य चार परिवारका सदस्यहरूलाई राति नै सुरक्षित स्थानमा सारिएको छ। वडाध्यक्ष तेजप्रसाद पाध्याका अनुसार थप पहिरो आउन सक्ने भएकोले पहिरोको छेउछाउमा परेका परिवारलाई राती नै नजिकै रहेको होमस्टेमा राखिएको हो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *