मर्जर र लाभांसकाे प्रस्ताव पारित गर्दै सनराइज क्यापिटलको १३औं वार्षिक साधारण सभा सम्पन्न

न्भेष्टाेपेपर । असाेज ११, २०८०

काठमाण्डाैँ । सनराईज क्यापिटल लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारण सभा बुधवारका दिन आफ्नै कार्यालय भवन, कमलपोखरी काठमाडौंमा भब्यताका साथ सम्पन्न गरेको छ ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण प्रस्ताव पारित गरियो तथा आ.व. २०८०/०८१ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखापरिक्षकको नियुक्ती विशेष साधारण सभाबाट गर्ने निर्णय गरियो ।

साथै, आ.व. २०७९/०८० को मुनाफाबाट आफ्ना शेयरहोल्डरहरुलाई ३० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरियो । सनराईज क्यापिटलले विगत ६ वर्षमा १५० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ ।

कम्पनीले बर्तमान समयमा आफ्नो इन्भेष्टमेन्ट बैंकिङ्ग अन्तर्गत सेवा विस्तारलाई बलियो र गुणस्तर बनाउँदै गएकोमा हालको मिति सम्म ३११ करोड बराबरको तीनवटा म्युचुअल फण्ड संचालन गर्दै आईरहेको छ। साथै यस कम्पनीले पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत २०० भन्दा बढी ग्राहकहरूको ५० करोडभन्दा बढीको पोर्टफोलियो व्यवस्थापन गर्दै उक्त ग्राहकहरुको लागानी उद्धेश्य पूरा गर्न सक्षम व्यवस्थापकको रुपमा स्थापित भएको छ ।

उक्त वार्षिक साधारण सभामा विशेष प्रस्तावका रुपमा रहेको सनराईज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सम्पूर्ण प्रकृया पूरा गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी दिने निर्णय गरियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *