सन् २०३४ को फिफा विश्वकप साउदी अरेबियामा

न्भेष्टाेपेपर । मंसिर २७, २०८१

काठमाडौँ ।  सन् २०३४ को फिफा विश्वकप फुटबल साउदी अरेबियामा हुने भएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बुधबार एसियाली राष्ट्र साउदी अरेबियालाई सन् २०३४ को विश्वकप आयोजनाको अधिकार दिएको हो ।

यसअघि अस्ट्रेलियाले विश्वकप आयोजना गर्ने दाबी गर्दै आए पनि मङ्गलबार मात्र अस्ट्रेलिया विश्वकप आयोजनाको दाबीबाट पछि हटेपछि साउदी मात्र उम्मेदवार थियो । २०० भन्दा बढी फिफा सदस्य संघहरूले जुरिचमा फुटबल निकायका अध्यक्ष जियानी इन्फान्टिनोले आयोजना गरेको अनलाइन बैठकमा भाग लिएर समर्थन जनाएका थिए।

अब ४८ टोली सहभागी फिफा विश्वकप आयोजना गर्ने साउदी अरेबिया पहिलो एसियाली राष्ट्र हुनेछ । सन् २०२६ को आगामी विश्वकप फुटबल क्यानडा र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् । फिफाले आगामी विश्वकपदेखि नै सहभागी सङ्ख्या ३२ बाट बढाएर ४८ बनाएको हो ।

यस्तै सन् २०३० को विश्वकप मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वेले संयुक्त रुपमा आयोजना गर्नेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *