राेहितकाे कप्तानीमा टी-२० विश्वकप छनोट खेलका लागि नेपाली क्रिकेट टिमको घाेषणा

न्भेष्टाेपेपर । कात्तिक ११, २०८०

काठमाडौँ ।  नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार राेहित पाेडेलकाे कप्तानीमाआइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा खेल्ने १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरिएको छ ।

छनाैटमा परेका अन्य खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, प्रतिश जी.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी हुनुहुन्छ ।

आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक १३ देखि २० गतेसम्म नेपालमै आयोजना हुँदै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा प्रतियोगिता हुनेछ ।

समूह ए मा नेपाल, ओमान, सिङगापुर र मलेसिया छन् । समूह बी मा हङकङ, युएई, बहराइन र कुवेत रहेका छन् । यस छनोट प्रतियोगितामा फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टी२० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । विश्वकप टी२० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदै छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *