आचारसंहिता उल्लघंन भइरहे आयोग चुप लागेर बस्दैन : आयुक्त जबरा

इन्भेष्टाेपेपर ।  कार्तिक २०, २०७९

काठमाण्डाैँ । निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाहरूको हातोमालो आवश्यक भएको बताउनुभएको छ ।

निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा जनकपुरधाममा आयोजित ‘प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन, २०७९ः निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा आयुक्त जबराले निर्वाचन आयोगको एक्लो प्रयासबाट मात्र निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न हुन नसक्ने भएकाले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभएको हो ।

‘निर्वाचन आयोगले मात्र भयरहित वातारणमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन सक्दैन’, आयुक्त जबराले भन्नुभयो, ‘यसमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाहरूको हातोमालो जरुरी छ ।’

उहाँले निर्वाचन आचारसंहिता पालन गर्न सबैपक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । ‘निर्वाचन आयोग कसैलाई पनि कारबाही गर्न इच्छुक छैन’, आयुक्त जबराले भन्नुभयो, ‘तर निर्वाचन आचारसंहिता उल्लघंन भइरहे आयोग चुप लागेर बस्दैन, अब स्पष्टीकरण मात्र सोधिने होइन जरिवाना पनि गर्न सुर गरिसकेका छौँ ।’

उहाँले निर्वाचन क्षेत्रमा मतदाता, मतदान केन्द्र र भूगोललाई आधार बनाएर उम्मेदवारहरूको खर्च सीमा तोकेको स्पष्ट पार्नुहुँदै आयुक्त जबराले चुनाव लड्ने, खर्च गर्ने तर आयोगमा खर्च विवरण नबुझाउनेहरूमाथि आयोगले कारबाही गरेको बताउनुभयो ।

आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले आयोगले तोकेको खर्च सीमामै रहेर उम्मेदवारहरूले खर्च गर्नुपर्ने बताउँदै आचारसंहिता विपरीतको कार्य भएको उजुरी आएमा तत्काल अनुसन्धान गरी कारबाही गर्ने बताउनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *