साझा पार्टीले तिलोत्तमा नपाको मेयरमा डा. अमित केसीलाई उठायाे
इन्भेष्टाेपेपर । वैशाख १०, २०७९
रूपन्देही । विवेकशील साझा पार्टीले तिलोत्तमा नगरपालिकाको मेयरमा डा अमित केसी र उपमेयरमा रूपा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
मेयरका उम्मेदवार अमित के.सी. दृष्टि रोग विशेषज्ञ हुनुहुन्छ। तिलोत्तमा वडा नं. ७ भलवारी निवासी केसीले २ दशकयता आँखा उपचारको क्षेत्रमा सेवा पुऱ्याउँदै आउनुभएकाे छ। डा. के. सी. विभिन्न सामाजिक सङ्घ-संस्था र अभियानमा पनि आबद्ध हुनुहुन्छ।
यसैगरि तिलोत्तमा नगरपालिका वडा नं १४ निवासी उपमेयर उम्मेदवार रूपा गुरुङ विगत एक दशकयता शिक्षण पेसामा आबद्ध हुनुहुन्छ। साथै उहाँले विभिन्न सङ्घ-संस्था र सामाजिक अभियानमा आबद्ध हुनुका साथै शालीन र मेहनती उद्यमीको परिचय बनाउनु भएकाे छ।
