नयाँ सरकार र अर्थमन्त्री बनेका दिन नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

न्भेष्टाेपेपर ।  पुष ११, २०७९

काठमाडौँ : देशमा नयाँ राजनीतिक परिवर्तनसँगै नयाँ सरकार बन्दा नेपाली शेयर बजारमा उत्साह छाएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ ।

अर्थमन्त्री नयाँ आउने भएसँगै शेयर लगानीकर्तामा उत्साह देखिएको हो । पछिल्लो समय निरन्तर रुपमा उतारचढाव भइरहेको नेप्से सोमवार एकाएक ५६.८६ अङ्क बढेर १९२४.०७ बिन्दुमा पुगेको छ ।

नयाँ मन्त्रीमण्डल गठनसंगै आज नेप्से परिसूचक ५६ दशमलव ८६ अङ्कले उकालो लागेर एक हजार नौ सय चाैविस दशमलव ०७ बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.३८ अङ्कले, फ्लोट इण्डेक्स ४.५४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९७ अङ्कले बढेको छ ।

सोमबार कारोबारमा आएका २५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता शेयर दुई अर्ब नौ करोड ७० लाख रुपियाँ बराबरको खरिद बिक्री भएको छ । नेप्सेका १३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये फाइनान्स उपसमूहको परिसूचक ६.५२ प्रतिशत बढेको छ ।

त्यसैगरी, जलविद्युत् उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ । अन्य उपसमूहको परिसूचक भने २.२९ प्रतिशत घटेको छ ।

नेप्सेका अनुसार आजको कारोबारमा आधा दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा गोर्खाज फाइनान्स, सृजनशील लघुवित्त, रिलायन्स फाइनान्स,  धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, हिमालयन पावर वार्टनर र घलेम्दी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

तर, नेपाल टेलिकमको शेयरमूल्य भने ५.५६ प्रतिशत घटेको छ । आज नेपाल टेलिकमको २० करोडभन्दा बढीको शेयर खरिद बिक्री भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *