‘सहिदको सपना साकार पार्नु पर्छ’ – राष्ट्रपति पौडेल

न्भेष्टाेपेपर । माघ १६, २०८१

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सहिदको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनुपर्ने बताउनुभएको छ । 

सहिद दिवसका अवसरमा सन्देश दिँदै उहाँले वीर सहिदले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै सहिदको आकाङ्क्षालाई साकार बनाउन सबैले आआफ्ना तर्फबाट खेल्नुपर्ने भूमिकामा इमानदारिता हुनुपर्ने बताउनुभएको छ । 

सन्देशमा राष्ट्रपति पौडेलले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *