कृषि प्रधान देश : ६ महिनामा २७.४८ अर्बको खाद्यान्न आयात

न्भेष्टाेपेपर । माघ १६, २०८१

काठमाडौँ ।  भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुससम्म ६ महिनामा २७ अर्ब ४८ करोड ४३ लाख २७ हजार रुपियाँ बराबरको कुल खाद्यान्न (धानचामल, मकै, कोदो र गहुँ) आयात भएकाे छ।

यस अवधिमा १९ अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको छ । आठ अर्ब ६७ करोड ५२ लाख २९ हजार रुपियाँ बराबरको १० करोड ५७ लाख ६० हजार केजी चामल आयात भएको छ । सो अवधिमा १० अर्ब ४२ करोड ४४ लाख १७ हजार रुपियाँको २७ करोड ५५ लाख ५७ हजार ८१९ केजी धान आयात भएको छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्दा विभिन्न मुलुकबाट खाद्यान्न आयात हुने गरेको हो । छ महिनामा सात अर्ब ६० करोड रुपियाँ बराबरको मकै, चार अर्ब ७३ करोड ३९ लाख रुपियाँको कोदो र सात करोड २३ लाख रुपियाँको गहुँ आयात भएको छ । भारत चीन, भियतनाम, थाइल्यान्ड, कोरिया, इटाली, भुटान, ताइवानलगायतका मुलुकबाट नेपालमा चामल आयात हुने गर्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *