वरिष्ठ अभिनेता सरोज खनालको निर्देशनमा पहिलो फिल्म ‘बगान’ बन्ने

इन्भेष्टाेपेपर ।  जेठ २५, २०७९

काठमाडौँ । वरिष्ठ अभिनेता सरोज खनालको निर्देशनमा नेपाली चलचित्र बगान निर्माण हुने भएको छ । वरिष्ठ अभिनेता खनालको निर्देशनमा बन्न लागेको पहिलो फिल्मको नाम आईतवार एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । साथै आज नै फिल्मको तिम्रो सुन्दर आँखा नामक गीत पनि सार्वजनिक भएको छ । अहिले छायाङ्कन भइरहेको फिल्मलाई सुरेश वाग्लेको सहकार्यमा खनाल आफैँले निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै माईती नेपालकी संस्थापक अध्यक्ष एवं समाजसेवी अनुराधा कोईरालाले बालिका र महिला हकहीतको बारेमा फिल्म बन्न लागेको अनुभुति भएको बताउनु भयो । उहाँले फिल्ममा वरिष्ठ कलाकाहरु रहेकोले फिल्म राम्रो बन्नेमा विश्वस्त रहेको बताउनु भयो ।

त्यस्तै अभिनेता, निर्देशक तथा निर्माता दिनेश डिसी दाहालले फिल्मको टिजरमा वास्तविक हुनुपर्ने कुरालाई देखाइएको बताउनु भयो । उहाँले नेपाली फिल्महरुले टिजरमा अब के हुन्छ भन्ने कौतुहलता नउतारेको बेला यो फिल्मले उतारेको भन्दै प्रशंसा गर्नुभयो । त्यस्तै नायक आकाश श्रेष्ठले चलचित्रको कथावस्तु उत्कृष्ट रहेको बताउनु भयो । त्यस्तै नव नायिका प्रमिला कार्कीले यो फिल्म आफ्नो डेब्यु भएको र वरिष्ठ कलाकारहरुसँग अभिनय गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । त्यस्तै फिल्मका नवनिर्देशक एवं वरिष्ठ अभिनेता सरोज खनालले शुरुवातमा अभिनय गर्दा नर्भस भएजति नै फिल्म निर्देशनमा पाइला चाल्दा भइरहेको बताउनु भयो । उहाँले आफूले फिल्ममा काम गर्दा सिकेका अनुभवलाई फिल्ममा नयाँ ढंगबाट निर्देशन गर्ने बताउनु भयो ।

फिल्ममा करिश्मा मानन्धर, निर शाह र प्रमिला कार्कीको मुख्य अभिनय रहनेछ । फिल्मलाई आउँदो वैशाखमा हलमा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ । गौरीशंकर धुजूको छायाङ्कन रहेको फिल्ममा हरि लम्साल र सुवास भुसालको संगीत र शिव मुखियाको पाश्र्व संगीत छ । फिल्मका गीतमा भने सुगम पोखरेल, अस्मिता अधिकारी र वाणिका प्रधानले स्वर दिएका छन् । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *