सन नेपाल लाइफ इन्स्योरेन्सको सााधारण सभा सम्पन्न

न्भेष्टाेपेपर । जेठ १०, २०८१

काठमाण्डाैँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक सााधारण सभा जेष्ठ ९ गते बुधवार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडाैँमा सम्पन्न भएको छ ।

उक्त साधारण सभाबाट आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण पारित गरिएकाे छ ।

साथै, सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आर्थिक बर्ष २०७९/०८० को वित्तिय विवरणहरु सहितको एकीकृत वित्तिय विवरण, आर्थिक बर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रकम रु.३,२०,००,००,०००।– (अक्षरुपी तीन अर्ब बीस करोड) को २३.८० प्रतिशतले हुन आउने रकम रु.७६,१६,००,०००।– (अक्षरुपी छयहत्तर करोड सोह्र लाख मात्र) बराबरको बोनश शेयर जारी गर्ने विशेष प्रस्ताव यसै साधारण सभामा पेश गरिएको हुँदा उक्त (वोनस शेयर तथा नगद लाभाशंमा लाग्ने कर सहित) प्रयोजनार्थ १.२५२६ प्रतिशतले हुन आउने रकम रु.४,००,८४,२१०÷– (अक्षरुपी चार करोड चौरासी हजार दुई सय दश मात्र) नगद लाभाँस वितरण गर्ने निर्णय समेत पास भएकाे छ ।

सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न १ (एक) जना सञ्चालक स्नेहा शर्माको निर्वाचन र कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक बर्ष २०८०/८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने साधारण प्रस्तावहरु पारित भएका छन ।

यस कम्पनीको चुक्ता पूँजी ५ अर्व पुर्याउन बाेनस शेयर पश्च्यात कायम हुने रु.३,९६,१६,००,०००।– (अक्षरुपी. तीन अर्ब छयानब्बे करोड सोह्र लाख मात्र) काे २७ प्रतिशत अर्थात (१ः०.२७) को अनुपातमा हकप्रद शेयर जारी गर्ने तथा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने, निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलार्ई अख्तियारी प्रदान गर्ने विषेश प्रस्ताव पारित गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *