ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

न्भेष्टाेपेपर । वैशाख १७, २०८१

काठमाण्डाैँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औं बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठलाई क्यापिटलको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनितीक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गर्नुभएको छ ।

सि.ए. मन्दिप वशिष्ठले नेपाल बोर्डबाट चार्टर्ड एकाउन्टेन्सी गर्नु भएको छ । विशेष गरी एसएमइ क्षेत्रको परामर्शदाता तथा विभिन्न कम्पनीहरुकोलागि ऋण तथा शेयर पूँजी परिचालन गरेको अनुभव रहेकाे छ ।

नव नियुक्त स्वतन्त्र सञ्चालक द्धय प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठलाई क्यापिटलका अध्यक्ष प्रकाश बरालले पद तथा गोपनियताको सपथ गराउनु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *