प्रकृतिको पूजा गरेर मगर समुदायले आज भूम्या पर्व मनाउँदै

इन्भेष्टाेपेपर ।  असार १, २०७९

काठमाण्डाै । प्रकृतिको पूजा गरेर मगर समुदायले भूम्या पर्व मनाउँदैछन् ।

प्राकृतिक विपत्ति नआओस्, बालीनालीमा किरा नलागोस् भनेर मगर समुदायले हरेक असार १ गते भूम्या पर्व मनाउने चलन छ।

यो पर्व रोल्पाको थबाङ, सुनछहरी गाउँपालिका र रुकुमका विभिन्न गाउँमा धुमधामका साथ मनाउने गरिन्छ ।

भूम्या पर्वमा विशेषगरी जमिनको पूजा गरिन्छ । आज काठमाण्डौको खुल्ला मञ्चमा विशेष कार्यक्रम हुने नेपाल मगर सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले बताउनुभयो ।

भुमेर भूम्या पर्वको अघिल्लो दिन युवा युवतीले बुकी तथा अग्ला पहाडबाट ल्याएको फूल हरेक घरमा भित्र्याएपछि भूम्या भित्रिएको मानिन्छ । असार १ गते बिहान पूजा गरेपछि नोकोबाङ्गे नाच सुरु हुने प्रचलन छ । याे समाचार उज्यालाे खवरपत्रिकामा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *