रुद्रसेनको ‘होली सररर’ मा समीक्षा अधिकारीको जादूमय आवाज

न्भेष्टाेपेपर ।  फागुन २४, २०८१

बर्दिवास । गायक रुद्रसेन विश्वकर्माले होली पर्वको अवसर पारेर नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । फागुन २२ गते सार्वजनिक भएको यो गीत युट्युबसँगै स्पोटिफाइ, एप्पल म्युजिकलगायतका डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ ।

गीतमा गायक रुद्रसेनले समीक्षा अधिकारीसँग युगल गायन गरेका छन् । गीतको शब्द तथा संगीत स्वयं रुद्रसेनकै रहेको छ भने एरेञ्ज योगेश काजीले गरेका छन् ।

गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, बिना राउत र रुद्रसेन विश्वकर्माको दमदार अभिनय रहेको छ । भिडियोको निर्देशन प्रदीप कुमार रसाइलीले गरेका हुन् ।

गायक रुद्रसेन भन्छन्, “होली पर्वमा झुम्न चाहने सबैलाई यो गीत मनपर्नेछ ।”

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *