चीनमा एआई प्रयोगकर्ताको सङ्ख्या २३ करोड पुग्ने प्रक्षेपण

न्भेष्टाेपेपर । मंसिर १७, २०८१

बेइजिङ ।  शनिबार जारी गरिएको प्रतिवेदनमा चीनमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगकर्ता सङ्ख्या जुन सन् २०२४ सम्ममा २३ करोड पुग्ने प्रक्षेपण गरिएको थियो । यसले देशका विभिन्न उद्योगहरूमा जेनेरेटिभ एआई–संचालित स्तरवृद्धिहरूको व्यापक रूपमा अपनाइने कुरालाई प्रकाश पारेको थियो ।

चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सिएनएनआईसी) द्वारा जारी जेनेरेटिभ एआई को विकास सम्बन्धी प्रतिवेदन अनुसार चीनले यस क्षेत्रमा चार हजार ५०० भन्दा बढी सम्बन्धित कम्पनीहरूसँग तुलनात्मक रूपमा व्यापक एआई उद्योग इकोसिस्टम निर्माण गरेको छ ।

हाल चीनमा छ सय अर्ब युआन मूल्यको मुख्य क्षेत्रको साथ देशको जेनेरिक एआई उद्योग फस्टाउँदैछ । 

यहाँ जुलाई सन् २०२४ सम्ममा १९० भन्दा बढि जेनेरेटिभ एआई मोडेलहरू दर्ता भएका थिए । यसले प्रयोगकर्ताहरूलाई विभिन्न विकल्पहरू र अनुकूल अनुभवहरू प्रदान गर्दछ ।

जुलाई सन् २०२४ मा चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा पारित गरिएको प्रमुख सुधार प्रस्तावले पनि देशले जेनेरिक एआईको विकास र व्यवस्थापनको लागि संयन्त्रमा सुधार गर्ने बताएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *