नेपाल र चीनबिच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

इन्भेष्टाेपेपर । मंसिर १८, २०८१

काठमाडौँ । नेपाल र चीनबिच आठ वटा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबिचको दुई पक्षीय वार्तापछि मंगलबार दुवै प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो ।

 प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले ग्रेट हल अफ पिपलमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए । त्यसपछि दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता र त्यसपछि हस्ताक्षर समारोह भएको हो । 

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल सोमबार चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुगेको हो ।  भ्रमण दलमा प्रथम महिला राधिका शाक्य परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सङ्घीय सांसद्हरु, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत छन् । 

यस्ता छन् नेपाल-चीनबीच भएका सहमति र समझदारी

  • टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान
  • नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान
  • कृषि पूर्वाधार विकास पार्क तथा भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर
  • विकास योजनासम्बन्धी समझदारीपत्र
  • तीन सय मिलियन आरएमबी बराबरको आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
  • २० मिलियन अमेरिकी डलर नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
  • नेपालमा बोल्ने चाइनिज ल्याङ्ग्वेज विकास प्रोग्राम सम्बन्धी समझदारीपत्र
  • नेपाल टेलेभिजन, रेडियो नेपाल र चाइना मिडिया ग्रुप(सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्र

चीन सरकारले नेपाललाई एक सय वटा विद्युतीय गाडी, एक सय वटा प्रहरी भ्यान, ५० वटा स्कुल भ्यान, ५० वटा एम्बुलेन्स दिने गरी अन्य सम्झौता हुने जनाइएको छ । प्रधानमन्त्री ओली मङ्सिर २० गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *