मौलापुर नगरपालिकाकी मेयर साहको पद रिक्त

न्भेष्टाेपेपर । असाेज ३०, २०८०

काठमाण्डाैँ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहको पद रिक्त भएको छ । निर्वाचन आयोगले सूचना निकालेर आफू निर्वाचित भएको दल त्यागेर अर्को दलमा गएको कारण मेयर रीना कुमारी साहको पद रिक्त भएको जानकारी गराएको हो ।

एमालेबाट निर्वाचित मेयर साह अरु दलमा प्रवेश गरेको भनी एमालेले गरेको निर्णयअनुसार दल त्याग सम्बन्धी ऐन बमोजिम मेयर साहको निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।

२०७९ वैशाखमा भएको चुनावमा एमालेबाट निर्वाचित भएकी साह आम जनता पार्टीमा प्रवेश गर्नुभएको छ । आम जनता पार्टी एमाले छाडेका रीना साहकै पति प्रभु साहले गठन गर्नुभएको दल हो ।  

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *