सुन र चाँदी दुवैको मूल्य घट्यो

इन्भेष्टाेपेपर । आश्विन १२, २०८३

काठमाण्डौ । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ५ हजार रुपैयाँ र चाँदी प्रतितोला १ सय ४५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *