जलवायु परिवर्तनको सङ्कट समाधानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री शर्मा

न्भेष्टाेपेपर । जेठ ३, २०८१

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलवायु परिवर्तनले सिर्जना गरेको सङ्कटबाट बच्न तथा खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यमले सूचना र शिक्षा दुवै क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ । 

सञ्चारिका समूह नेपालले आज आयोजना गरेको विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भ पारेर ‘विश्वका लागि प्रेस र वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ विषयक अन्तरक्रियामा उहाँले जलवायु परिवर्तनले सिर्जना गरेका सङ्कटबाट बच्न खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यमले सूचना र शिक्षा दुवै क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको हो ।

उहाँले अझै विपद् जोखिमका पूर्वसूचना र जोखिम विश्लेषण गुणात्मकरुपमा बढाउँदै हिन्दुकुश हिमालय क्षेत्रमा हुने घटनालाई विश्वव्यापी बनाउने सवाललाई सञ्चारमाध्यमले पनि महत्वपूर्ण एजेण्डा बनाउनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनले सिर्जना गर्ने लैङ्गिक विभेदको सवालमा पनि सञ्चार क्षेत्र गम्भीर बन्न आवश्यक रहेको बताउँदै विभेदमा परेका समुदायलाई सरकारले सम्बोधन गर्ने नीति लिएको बताउनुभयो ।

सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवाले जलवायु परिवर्तनले विश्वभर संकट सिर्जना भइरहेकोमा महिलाहरु बढी प्रभावित भइरहेको बताउनुभयो । उहाँले आउने पुस्तालाई राम्रो प्रकृति अवस्था छोडेर जान सक्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले वातावरणीय प्रभावका विषय प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । 

इन्टरनेशनल अलर्ट राष्ट्रिय निर्देशक रविना श्रेष्ठले वातावरणीय प्रभाव न्यूनीकरणमा सञ्चारमाध्यम पनि उल्लेखनीय भूमिका रहे बताउनुभयो । उहाँले नेपाल जोखियमुक्त देश भएको र यसको न्यूनीकरणका लागि सबै पक्षबाट लाग्नुपर्नेसँगै आममानसमा जनचेतना बढाउन आवश्यक रहेको बताउनुभयो । 

यस वर्ष नेपालसहित विश्वभरि नै ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ मा मनाइएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *