फोर्ब्सको ‘३० अन्डर ३०’मा नेपालबाट श्रेया गिरी र काजोल सेठिया

न्भेष्टाेपेपर । जेठ ३, २०८१

काठमाडौँ । अमेरिकी व्यवसायीक पत्रिका फोर्ब्सले एसियाका ३० वर्ष मुनिका प्रभावशाली व्याक्तिहरुको सूची  ‘३० अन्डर ३०’को यस वर्षको सूचीमा दुई नेपाली युवती परेका छन् । डिजिटल मेन्टल हेल्थ प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरी र भेगन डेरी नेपालकी काजोल सेठिया परेका हुन् ।

गिरीलाई सामाजिक रूपमा प्रभाव पार्न सक्ने व्यक्तिहरूको सूचीमा राखिएको छ । लन्डनमा पढाई सकेर काठमाडौँ फर्किएकी गिरीले मानसिक रोगबारे समाजमा व्याप्त नकारात्मक धारणाहरू तोड्ने मिशन सुरु गरेकी थिइन् । ह्याप्पी माइन्ड्सले व्यक्तिगत रूपमा अनलाइन र व्यक्तिगत रुपमै पनि परामर्श सेवा दिने गरेको छ ।

यो संस्थाले युनिलिभर नेपाल, लिपफ्रग र द ब्रिटिश कलेजसँगको सहकार्यमा रोजगारी टेवा कार्यक्रम चलाइरहेको छ । यसमा सम्बद्ध संस्थाका कर्मचारीहरुलाई निःशुल्क मानसिक परामर्श जस्ता सेवा दिने गरिएको छ । ह्याप्पी माइन्सले सन् २०२२ को सार्क स्टार्ट अप अवार्डमा पनि नेपालको तर्फबाट सर्वोत्कृष्ट न्यूकमर अवार्ड पाएको थियो ।

सेठियालाई भने कला श्रेणीमा राखिएको छ । काजोल भेगन डेरी नेपालकी संस्थापक हुन् । सिंगापुरमा इञ्जिनियरिङ पढिरहेको बेलामा उनी शाकाहारी भइन् । नेपाल आएपछि सन् २०१८ मा भेगन डेरी नेपाल खोलिन् । यसले दूध, चिज, दही, नौनी लगायत शाकाहारी सामानहरू बेच्ने गरेको छ । सन् २०२४ को शुरुमा सेठियाले मकालु नामक दोस्रो भेञ्चरको घोषणा गरेकी थिइन् । सेठियाले सन् २०१९ मा पेटा एशियाबाट आउटस्ट्यान्डिङ एक्टिभिष्ट अवार्ड पनि पाएकी छिन् ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *