चर्चित निर्देशक क्रान्ति केसीको निर्देशनमा “ए साथि बाँचेपो जिन्दगी” बोलको गीत सार्बजनिक

इन्भेष्टोपेपर । माघ २७, २०७८

काठमाण्डाैँ । दर्जनौ म्युजिक भिडियो निर्माण गरिसकेका सफल, चर्चित निर्देशक क्रान्ति केसीको निर्देशनमा “ए साथि बाँचेपो जिन्दगी” बोलको गीत सार्बजनिक भएको छ ।

अमृत भारतीको शब्द रहेको गीतमा राम कुमार नेपाली, संजय श्रीपाल र पबिन्द्र सुनारको स्वर रहेको छ । संजय श्रीपालको संगीत संयोजन, मिक्सिंग, मास्टरिङ्ग गरेको गीतमा राम कुमार नेपालीलको संगीत छ ।

उत्सब दाहालले छायांकन गरेको भिडियोलाई क्रान्ति केसीले सम्पादन गरेका हुन । गीतमा प्रकाश सपुत, पुष्पराज अवस्थी, राधा श्रेष्ठ, शालिक भण्डारी, सन्तोष खनाल, धिरेन्द्र खड्का र निराजन केसी लगायतलाई फिचर्ड गराईएको छ ।

डाकोन पिक्चर्सको पोस्ट प्रोडक्शनमा निर्माण भएको गीत भोलुम अन अफिसियल युटुब च्यानलबाट दर्शक श्रोतामाझ सार्वजनिक गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *