६६ प्रतिशत हकप्रदकाे प्रस्ताव पारित गर्दै एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

न्भेष्टाेपेपर । साउन १६, २०८०

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । विशेष सभा  साउन १५ गते  आम्रपाली ब्याक्वेट बालुवाटारमा  सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजी रू. १ अर्ब ४५ करोड ९२ लाखको ६६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताब समेत पारित गरेको छ । कम्पनीले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पुर्‍याउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर निष्कासन गर्नका लागि बीमा प्राधिकरणबाट स्वीकृती पाइसकेको छ ।

अव कम्पनीले नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. २ अर्ब ४२ करोडभन्दा बढी पुग्नेछ । यो रकम बिमा प्राधिकरणले तोकेभन्दा कम्पनीलाई रू.८ करोड कम हो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *