विश्वकै सबैभन्दा धेरै १२६३८ हजार हीरा जडित औँठी
इन्भेष्टाेपेपर । माघ ९ २०७९
एउटा औँठीमा कति वटा हिरा जडान गर्न सकिन्छ ? नयाँ औँठी जसले गिनिज बुकमा आफ्नो नाम राख्न सफल भयो त्यस औँठीमा १२ हजार ६ सय ३८ हजार वटा हिरा जडान गरिएको छ ।
उक्त औँठी भारतको मेरठ शहरमा रहेको रेनानी ज्वेलरीका मालिक हर्षित बनसलले डिजाइन गरी विश्व किर्तीमान कायम गरेको छ ।
उनले उक्त डिजाइन डिसेम्बर २१ सन् २०२० मा निर्माण गरेका थिए । औँठीलाई मेरीगोल्ड वा रिङ अफ प्रोस्पेरिटीको नाम दिइएको छ । त्यो औँठी गोलो रहेको र ३८.०२ क्यारेटको प्राकृतिक हिरा जडान गरिएको छ ।
उक्त औँठीको तौल १६५ ग्राम रहेको छ । यो भन्दा पहिलापनि भारत कै ज्वेलरी ७,८०१ वटा हिरा जडान गरी किर्तीमानी कायम गरेको थियो ।
— एजेन्सीकाे सहयाेगमा
