वास्तु टिप्स : घरमा कुन आकारका ऐना कहाँ र कुन दिशामा राख्ने ?
इन्भेष्टाेपेपर । कार्तिक ११, २०७९
काठमाडौं । वास्तु शास्त्रमा ऐनालाई महत्वका साथ हेरिएको छ । सान्यतया सबैको घरमा ऐना राखिएको पाइन्छ । वास्तु शास्त्रमा ऐना घरमा कसरी , कहाँ राख्ने , कुनदिशामा राख्ने, कस्ता आकारका ऐना राख्ने भन्ने केहि नियमहरु रहेका छन् ।
सहि ठाउँमा राखेको ऐनाले वास्तु दोष हटाउँने , घर परिवारमा आर्थिक सम्पन्नता र खुसियाली ल्याउँने शत्रुको नाँस गर्ने गर्दछ भने गलत ठाउँमा राखेको ऐनाले घरमा नकारात्मक उर्जालाइ बढाउँने, स्वास्थ्य समस्या, आर्थिक शंकट र घर परिवारमा झैझगडा बढाउँन सक्छ । त्यसैले वास्तुको नियमलाई पालना गर्न आवश्यक हुन्छ ।
वास्तु शास्त्रका अनुसार ऐनालाई घरको बेडरुममा ऐना राख्नु हुदैन, यदि राख्नै परेमा ऐनालाइ बिस्तराको सामुन्य राख्नु हुदैन । वास्तु शास्त्रका अनुसार ऐना घरको उत्तर, पुर्व र पश्चिम दिशामा राख्नुपर्छ ।
ऐना किन्दा त्यसमा अनुहार स्पष्ट देखिने हुनुपर्छ, धमिलो वा विकृत अनुहार देखाउने ऐनाले नराम्रो प्रभाव पार्छ । यस्तो ऐनाले घरमा रोग बढाउँछ । घरमा गोलाकार वा त्रिकोणीय ऐना कहिल्यै लगाउनु हुँदैन।
ऐनालाई मुख्य ढोका अगाडि राख्न हुँदैन वास्तुका अनुसार मुख्य ढोकाबाट आउने सकारात्मक उर्जा ऐनामा ठोकेर फर्कन्छ । त्यस्तै बाथरुमको दक्षिण र पश्चिम भित्तामा बेसिन र ऐना हुनुहुँदैन । बाथरुमबाट बाहिर निस्कँदा अगाडिको भित्तामा ऐना हुनुहुँदैन अर्थात नुहाएर बाहिर निस्किँदा आफ्नो छवि झल्काउन हुँदैन ।
घरको उन्नति र लाभको लागि घरको उत्तर र पूर्व भित्तामा ऐना राख्नुहोस्। वास्तुका अनुसार सन्तानसँग सम्बन्धित कुनै समस्या भएमा उत्तर–पूर्व दिशामा ऐना राख्नुपर्छ । कोठाहरूमा पनि उत्तर-पूर्व दिशामा राख्नु राम्रो हुन्छ।
धनसम्पती राख्ने दराजमा ऐना राख्दा त्यसले धनलाई बढाउँने वास्तु शास्त्रमा उल्लेख गरिएको छ ।
— एजेन्सीकाे सहयाेमा
