सुन र हिरा जडित संसारकै महंगो ट्वाइलेट
इन्भेष्टोपेपर । कार्तिक ३, २०७८
काठमाडौ । सुन खिया नलाग्ने धातु हो यसको ट्वाइलेट बनाउ यसलाई मानिसले लगाएर महंगो नबनाउ, एक दर्शनिकले भनेका थिए । तर सुन र हिरा विश्वमा धेरै महंगो धातुमा पर्दछ । चीनमा यही महंगो धातुको ट्वाइलेट बनाइएको छ ।
चीनको सांघाईमा दोस्रो चाइना इन्टरनेशनल इम्पोर्ट एक्सपो को आयोजना गरिएको थियो । एक्सपोमा १२,००,००० डलरको सुनको ट्वाइलेट सिट राखिएको थियो ।
जसमा ४०,८१५ वटा हीरा जडान गरिएको छ । यसलाई हङकङको एरोन शुम ज्वैलरी फर्मको कोर्नेटले डिजाईन गरेको हो । ४०,८१५ वटा हिराको तौल ३३४.६८ क्यारेट रहेको छ ।
ज्वैलरी फर्मले ट्वाइलेट सिटमा अधिक हिरा लगाएर गिनीज वल्ड बुकमा रेकर्ड राख्ने कोशिस गर्ने बताएको छ । यो ट्रेड फेयरमा ४०० सय क्यारेट हिराले बनाइएको गितार पनि रहेको छ । यसको तौल ४०० क्यारेट र मूल्य १४ करोड़ भन्दा बढी रहेको छ ।
सुनकाे विशेषताः
- सुन जति तन्काउँदा पनि तन्किने (एक ग्रााम सुनलाई एक वर्ग मिटर सम्मको पातलो पाताको स्वरुपमा परिवर्तन गर्न सकिने),
- सामान्तयाः अरु पदार्थसँग कुनै रासायनिक प्रतिक्रिया नगर्ने,
- खिया नलाग्ने (अरु धातुको कोठाको तापक्रममा समेत अक्सिजनसँग प्रतिक्रिया हुने भएकोले सजिलै खिया लाग्ने गर्दछ),
- उच्च घनत्व (१९.३ ग्रााम प्रति घन सेन्टिमिटर),
- सजिलै नपग्लिने (१०६४.१८ डिग्री सेन्टिगे्रडको तापक्रममा मात्र पग्लिन्छ)
- कहिले नास नहुने
सुनकाे सानो टुक्राको तौल पनि धेरै हुँदा सजिलै सुरक्षित गरी राख्न मिल्ने तथा ओसार पोसार गर्न पनि सजिलो हुने भएकोले यस धातुलाई सर्व स्वीकार्यता हुनको लागि सहयोगी भुमिका निर्वाह गरेको तथ्य नकार्न सकिँदैन।
— एजेन्सीकाे सहयाेगमा
