गजल : तर सर्त छ

 – प्रतिमा परियार “क्षितिजा”

मनको राजा मान्छु तर सर्त छ ।
तिमि संगै जान्छु तर सर्त छ ।

देउती बज्यै बागेश्वरी जहाँ लगेपनि,
तिम्रै भनि कसम खान्छु तर सर्त छ ।

मरीहत्ये गर्नुपर्छ भन्दीन तिमिलाई
अंगालोमै बान्छु तर सर्त छ ।

जीवन साथी को भनि सोधे भने,
तिमिलाई नै छान्छु तर सर्त छ ।

उपहार त दियौ ग्रहण गर्न बाँकी छ,
जे  दिन्छौ त्यही लान्छु तर सर्त छ ।

(लेखफर्सा ६ सुर्खेत)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *