दहीसँग यी खानेकुराकाे हुन्छ गलत संयाेजन, नखाएकै बेस

न्भेष्टाेपेपर । कात्तिक ८, २०८१

काठमाडौं । दही यस्तो चिज हो जस्लाई बिभिन्न खानाको परिकारसंग मिसाएर खाना सकिन्छ । दहीले पाचन प्रकियामा पनि सहयोग गर्ने भएकाले प्रायः मानिसहरुले खानासँग दहीको उपभोग गर्दछन् ।

ल्याक्टिक एसिडको साथ किण्वनको प्रक्रियाले दहीलाई बाक्लो, क्रीमयुक्त बनावट दिन्छ, जुन प्रोबायोटिक घटकहरूमा समृद्ध हुन्छ। यसबाहेक दहीमा भिटामिन बी–२, भिटामिन बी–१२, फस्फोरस, क्याल्सियम, म्याग्नेसियम र पोटासियम जस्ता भिटामिन र खनिजहरू पनि प्रशस्त मात्रामा पाइन्छ ।

तर, दहीलाई केही खानेकुरासँग जोड्दा तपाईंको पाचन प्रक्रियामा नकारात्मक असर पर्न सक्छ वा छालामा चाउरी पर्न सक्छ। आयुर्वेदका अनुसार पनि तपाईंले यी खानेकुराहरूसँग दही जोड्नबाट जोगिनुपर्छ किनभने यी गलत संयोजन मानिन्छ।

विभिन्न अध्ययनलाई आधार बनाएर तयार पारिएकाे सूचनाका आधारमा केहि यस्ता चिजहरु छन् जसलाई दहीसंग मिसाएर खादा स्वास्थ्यलाई खराब बनाइदिन्छ । तसर्थ यस्ता खानेकुरा दहीसँग मिसाएर नखाएकै बेस हुन्छ ।

केरा र दही

केरा र दही मिसाएर खानाले स्वास्थ्यमा खराबी हुन्छ । शरीरमा टक्सिन बन्न थाल्छ । जस्ले उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन् । यदि खानै परे पनि २ घण्टाको फरक पारेर मात्र खानुपर्छ ।

आँप र दही

दही र आँप एक साथ खाए स्वाथ्यमा समस्या आउन सक्छ । दही चिसो र आँप गर्मी भएकाले समस्या आउन सक्छ । किनभने यी दुइटाको स्वभाव एकआपसमा एकदमै विपरीत छ ।

प्याज र दही

प्याज दही राइता खान मन छ भने यो बानी बदल्नुपर्छ । किनभने दही खानाको रूपमा चिसो प्रकृतिको हुन्छ भने प्याजले शरीरमा तातो उत्पादन गर्छ । यो तातो र चिसोको संयोजनले छालाको एलर्जी जस्तै दाग, एक्जिमा, सोरायसिस र अन्य समस्याहरू निम्त्याउन सक्छ।

मासको दाल र दही

मासको दाल र दही एकसाथ खानु भनेको विष सेवन गरे सरह हुने बताइन्छ । भुलेर पनि यिनलाई एकसाथ नखान सुझाइएको छ ।

चीज र दही

आयुर्वेदले चीज र दहीलाई पनि एकैसाथ खान वर्जित गरेको छ । यी दुबैलाई एकै पटक खाँदा शरीरमा नकारात्मक असर गर्छ ।

माछा र दही

आयुर्वेदका अनुसार प्रोटिनका धेरै स्रोतहरू एकै समयमा नखाने सल्लाह दिइन्छ। माछा र दही दुवैमा प्रोटिनको मात्रा बढी हुन्छ र उच्च प्रोटिनको संयोजनले अपच र छालासम्बन्धी समस्या निम्त्याउन सक्छ भन्ने विश्वास गरिन्छ।

दूध र दही

दूध र दहीको मिश्रणले एसिडिटी, छाती जलन, पखाला र ब्लोटिंग हुन सक्छ। दही दूधमा किण्वन गरेर बनाइन्छ, प्रोटिनका दुवै स्रोतमा बोसोको मात्रा बढी हुने भएकाले एकै समयमा यी खानेकुराहरू नखान सल्लाह दिइन्छ।

तेलयुक्त खानेकुराहरू र दही

हामी सबैलाई दहीसँग घिउ भरिएको पराठा खान मन लाग्छ। दहीसँग तेलमा भुटेको खानेकुराको संयोजनले पाचन प्रक्रियालाई सुस्त बनाउँछ र तपाईंलाई सुस्त महसुस गराउँछ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *