अरुण काबेली पावर लिमिटेडको तेर्हौं वार्षिक साधारणसभा सम्पन्न

न्भेष्टाेपेपर । पुस २७, २०८०

काठमाडौँ । अरुण काबेली पावर लिमिटेडको तेर्हौं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको मैत्री हलमा कम्पनीका अध्यक्ष रमेश प्रसाद न्यौपानेको अध्य्क्षतामा साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्नुका साथै , लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्दै , लेखापरीक्षक नियुक्ति र  निजको पारिश्रमिक निर्धारण पनि गरेको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ रहेको छ । अरुण काबेली पावर लिमिटेड कम्पनीले कोशी प्रदेशको पाँचथर र ताप्लेजुङ्ग जिल्ला बीच भई बहने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी-१ जलविद्युत परियोजनाक २०७६ आश्विन १६ गते देखि राष्ट्रिय ग्रीडमा विद्युत आपुर्ति गर्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *