नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मधेश प्रदेशमा नयाँ शाखा

न्भेष्टाेपेपर । पुस २७, २०८०

सिमरा । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बुधबारदेखि बारा जिल्ला सिमरा उपमहानगरपालिका वडा नम्बर ०२, सिमरा रोड स्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

यो संगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले सिमरा शाखाकोे उद्घाटन गर्नुभयो ।

उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताउनुभयो । उहाँले बैंकिङ सेवाको पहुच बाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताउनुभयो ।

बैंकका सिमरा शाखा प्रमुखले सेवाग्राहीहरुलाई यस शाखा मार्फत बैंकले प्रभावकारी सेवा दिइने बताउनुभयो । हाल बैंकले २६२ शाखा कार्यलय र ६३ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *