नेप्सेको सीईओ छान्न तीन सदस्यीय समिति गठन

न्भेष्टाेपेपर ।  फागुन १२, २०८१

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छान्न अर्थ मन्त्रालयले छनोट समिति गठन गरेको छ ।

उपप्रधान एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार आइतबार सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा छनोट समिति गठन भएको हो ।

समितिका सदस्यमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रुपमा खोमराज खरेल रहेका छन् । तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ देखि नेप्सेको सीईओ पद खाली छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *