बीरबललाई सोधिएका तीन प्रश्न, जसले उनलाई बुद्धिमत्ता स्विकार्न बाध्य बनायाे

न्भेष्टाेपेपर । असाेज ४, २०८०

अकबर र बीरबलका कथाहरु हामीले बच्चै देखि सुन्दै आएका हौं। निकै रोचक मानिने यी कथाहरु अर्थपुर्ण पनि छन्।

महाराज अकबरको दरबारमा बीरबलको क्षमता देखेर मन्त्रीहरु नै हायलकायल हुन्थे। दरबारमा एक मन्त्री महामन्त्री पद पाउने लोभमा थिए। त्यसैले उनले एउटा योजना बनाए। ती मन्त्रीलाई बीरबल दरबारको मुख्य सल्लाहकर भएसम्म महामन्त्रीको पद पाइन्न भन्ने राम्ररी थाहा थियो।

त्यसैले उनी बीरबललाई तह लगाउन राम्रो मौकाकाे खोजीमा थिए। एक दिन दरबारमा अकबरले बीरबलको खुव प्रशंसा गरे। यो सुनेर मन्त्रीलाई रिस उठ्यो। उनले सिधै महाराज अकबरसंग भने- ‘यदी बीरबलले मेरा तीन प्रश्नको उत्तर दिन सक्षम भए मात्र म उनको बुद्धीमता स्विकार गर्छु नत्र बीरबल महाराजको चाप्लुस मात्र भएको प्रमाणित हुन्छ ।’

बीरबलको क्षमताबाट परिचित अकबरले पनि मन्त्रीको यो प्रस्ताव स्विकार गरिहाले।

ती मन्त्रीको तीन प्रश्न थिए
१.आकाशमा कतिवटा तारा छन् ?
२.पृथ्वीको केन्द्र कहाँ हो ?
३.सारा संसारमा कति स्त्री र कति पुरुष छन ?

उ बेला अहिले सम्म तारा सम्वन्धी अध्ययन गर्ने विज्ञान,उपकरण केही थिएनन्। त्यसैले कति हो अनुमान गर्नु असंभव थियो। पुरै पृथ्वी भ्रमण गर्ने अकबरको राज्यमा कोही थिएनन् त्यसै पृथ्वीको बिच यही हो भनेर कस्ले भन्ने ?

त्यसैगरी पृथ्वीको जनसख्या त्यतिखेर कस्ले गनेको थियो र ? मन्त्रीका सवै प्रश्नहरु बीरबललाई फसाउने हेतुले तयार पारिएको थियो।

तर बीरबलले बुद्धी प्रयोग गरेर तिनै प्रश्नकाे उत्तर दिए, बुद्धिमत्ता स्विकार गर्न बाध्य बनाए, राजा पनि प्रसन्न भए र उनी इतिहासमा अमर बने।

पहिलो प्रश्नको जवाफः

बीरबलले तत्कालै एउटा भेडा दरबारमा मगाए र भने यो भेडाको शरिरमा जति रौं छन् आकाशमा त्यतिनै तारा छन्। नपत्याए गनेर मन शान्त पार्नुस, बिरबलले मन्त्रीतर्फ हेर्दै मुस्कुराए।

दोस्रो प्रश्नको उत्तरः

बीरबल अलि पर गए, धर्का तानेजस्तो गरे, हिसाव गरेको झै गरे। एकछिन् बहुत सोचबिचार गरेर एउटा फलामको डण्डी जमिनमा गाडे। उनले महाराज अकबरलाई भने- महाराज यही हो पृथ्वीको केन्द्र, नपत्याए नापेर हेर्न लगाउनुस।’

तेस्रो प्रश्नको उत्तर

बीरबलले भने – महराज यो संसारमा केही मान्छे न पुरुषको श्रेणीमा आउँछन् न महिलाको श्रेणीमा। ती मध्ये केहि मानिस हाम्रै दरबारमा छन्। जस्तै यी मन्त्री (प्रश्न सोध्ने मन्त्री)। यदी तपाईले यी मन्त्रीलाई मारिदिनु भयो भने म महिला र पुरुषको सही संख्या बताउन सक्ने थिए। ‘

बीरबलको यस्तो कुरा सुनेर ती मन्त्री डरले थरथर काँप्न थाले र भने,’महाराज अकबर , मलाई सवै प्रश्नको उत्तर मिल्यो। म बीरबललाई बुद्धिमान स्विकार गर्छु ।’

नैतीक पाठः त्यस्ताे कुनै समस्या छैन जसको कुनै समाधान नहाेस् र त्यस्ताे कुनै प्रश्न छैन जसको जवाफ नहाेस्, यो त केवल आफ्नो सामान्य सुझबुझ र उपयुक्त बुद्धि प्रयोग गर्नु जरूरी हुन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *