अस्ताउँदै गरेको घाम किन रातो देखिन्छ ?

न्भेष्टाेपेपर । असाेज ४, २०८०

तेज चम्किने सूर्यलाई रातो रङमा बदलिएको त तपाईंले देख्नुभएकै होला । घाम अस्ताउँदै गरेका बेला यस्तो दृश्य देखिन्छ । याे बेला घामै रातो, आकाशै रातो हुन्छ । 

यो दृश्य निकै सुन्दर लाग्छ नि हाेइन ? खासमा यसको पछाडि पूर्णतः वैज्ञानिक कारण छ ।

यसको जवाफ रेली स्केटरिङ (प्रकाशको प्रकीर्णन) मा लुकेको छ । १९औँ शताब्दीमा बेलायती लर्ड रेली प्रकाश प्रकीर्णनको घटनाबारे व्याख्या गर्ने पहिला वैज्ञानिक थिए । 

प्रकाशको प्रकीर्णन त्यो प्रक्रिया हो, जसमा सूर्यको प्रकाश सूर्यभन्दा बाहिर निस्केर वायुमण्डलमा प्रवेश गरेका बेला धुलो र माटोका कणहरूसँग ठोक्किएर चारैतिर फैलिन्छ ।

सिधा आँखाले नहेर्नु ?

यो सुन्दर दृश्यका बीच घामलाई सिधा आँखाले हेर्न हुँदैन । यसलाई दूरबिनको प्रयोग गरेर पनि नहेर्नू भनिन्छ । यसबाट तपाईंको आँखालाई हानि पुग्न सक्छ । यसले आँखाको ज्योति नै लैजान सक्छ । 

रोयल म्युजियम्स ग्रिनिचका खगोलशास्त्री एडवडी ब्लुमर भन्छन्, ‘सूर्यको प्रकाशको प्रकाशीय गुण पृथ्वीको वातावरणहुँदै गुज्रिन्छ । सबैभन्दा पहिला हामीले प्रकाशलाई बुझ्न जरुरी हुन्छ, जुन दृश्यमान प्रकाश स्पेक्ट्रमका सबै रङ अर्थात् रातो, सुन्तला, पहेँलो, हरियो, गाढा नीलो र बैगुनीबाट बनेको छ । 

ब्लुमर भन्छन्, ‘यो घामको प्रकाश फैलिनुसँग सम्बन्धित छ । तर, समान रूपले फैलिएको हुँदैन ।’ हरेक रङको आफ्नो वेवलेन्थ हुन्छ । जुन रङको त्यो हुन्छ, त्यसले त्यो रङलाई त्यस्तै देखाउँछ ।उदाहरणका लागि बैगुनी रङको सबैभन्दा छोटो वेबलेन्थ हुन्छ, जबकि रातो रङको सबैभन्दा लामो हुन्छ । 

अब जानौँ, वातावरण के हुन्छ । विभिन्न ग्यासका ती लेयर (स्तर), जो हाम्रो ग्रहमा फैलिएका छन् । जसले हामीलाई जिउँदो राखेका छन् । यसमा अक्सिजन पनि पर्छ । यसबाट हामीले सास लिन पाउँछौँ । 

फैलिएको प्रकाश 

जसरी घामको किरण अलग-अलग हावाको लेयरबाट गुज्रिन्छ, यी लेयरमा अलग–अलग घनत्वका ग्यास हुन्छन् । यसबाट गुज्रिँदै किरणले दिशा बदल्छ र बाँडिन्छ । वातावरणमा केही कण पनि हुन्छन्, जसले विभाजित किरणमा उछाल ल्याउँछन् वा त्यसलाई प्रतिबिम्बित गर्छन् । 

जब घाम डुब्न लाग्छ, यसका किरणहरू वातावरणको सबैभन्दा माथिल्लो लेयरबाट एक निश्चित कोणमा ठाेक्किन्छ । र, यसैबाट यो ‘जादु‘ सुरु हुन्छ । जब सूर्यकाे किरण माथिल्लो लेयरहुँदै गुज्रिन्छ, तब नीलो वेबलेन्थ बाँडिन्छ र अवशोषित भएर प्रतिबिम्बित हुन थाल्छ । 

ब्लुमर भन्छन्, ‘क्षितिजमा सूर्यको ताप कम भएसँगै प्रकाशको नीलो र हरियो रङको तरङ्ग फैलिन्छ । यस्तोमा बचेको प्रकाशको सुन्तला र रातो तरङ्ग नै हामीले देख्छौँ ।’

बैगुनी र नीलो रङको किरण आफ्नो छोटो वेबलेन्थका कारण धेरै लामो दूरीसम्म जान पाउँदैन । र, धेरै फैलिन्छ । जबकि सुन्तला र रातो रङको किरणले लामो दूरी तय गर्छ । यस्तोमा आकाशमा यो सुन्दर दृश्य बन्छ । 

आकाश रातो किन हुन्छ ? 

यो भलै रातो लाग्छ तर यसको मतलब यो होइन कि सूर्यले रङ बदलेको हो । ब्लुमर भन्छन्, ‘धुलोको बादल, धुवाँ र यस्तै खालका अन्य तत्त्वले आकाशको रङमा असर पारेका हुन्छन् ।’ 

यदि तपाईं भारत, क्यालिफोर्निया, चिली, अस्ट्रेलिया वा अफ्रिकाका केही हिस्सा वा रातो बालुवा भएको क्षेत्रको नजिक बस्नुहुन्छ भने तपाईंको वातावरण मौसमको स्थितिका आधारमा प्रकाशलाई प्रतिबिम्बित गर्ने कणहरूले भरिएको हुन सक्छ । 

ब्लुमर भन्छन्, ‘मंगल ग्रहमा भएजस्तै हुन्छ । जब रातो रङको धुलो हावामा उड्छ, तब लाग्छ आकाश रातो–गुलाबी भएको छ ।’ 

कतिपटक मरुभूमिबाट टाढा रहनेहरूले पनि अलग–अलग रङ भएको यस्ताे आकाश देखेका हुन सक्छन् । जस्तो कि सहारा मरुभूमिको बालुवा वायुमण्डलको उच्चस्तरमा पुग्छ । फेरि त्यहाँबाट युरोप, साइबेरिया र यहाँसम्म कि अमेरिका पुग्छ । 

आकाशको रङ निलो किन ? 

आकाशको रङ दिनको समयमा निलो किन हुन्छ ? यसको जवाफ भौतिक वैज्ञानिक लर्ड रेलीको प्रकीर्णन घटनाको व्याख्यामा छ । घाम आकाशकाे धेरै नै उचाइमा हुन्छ । यसको प्रकाश वायुमण्डलहुँदै बिना टुटफुट गुज्रिन्छ । यो वायुमण्डलमा आएलगत्तै अवशोषित हुन्छ र प्रमुखताका साथ देखिने रङ नीलो हुन्छ ।

यद्यपि, यो मौसममा पनि निर्भर हुन्छ । जस्तो कि, इन्द्रधनुष बनेको कुरा गरौँ । जब घाम लागिरहेका बेला वर्षा हुन्छ, तब प्रकाश वर्षाको हरेक थोपाहुँदै अलग-अलग वेवलेन्थमा फैलिन्छ । यही कारण अपवर्तन (प्रकाश तरङ्गको दिशा बदलिनु) सबै रङलाई वातावरणमा फैलाइदिन्छ । 

(बीबीसीकाे सहयाेगमा)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *