ऐतिहासिक उचाइ कायम गरेकाे सुनकाे मूल्य शिखरमै यथावत

इन्भेष्टोपेपर । फागुन २५, २०७६ 

हालसम्मकै ऐतिहासिक उचाइ ८२ हजार ५०० रुपैयाँमा (फाल्गुन २३ गते शुक्रबार) काराेवार भएकाे सुनकाे मूल्य आज आइतबार पनि शिखरमै यथावत रहेकाे छ। 

गत शुक्रबार छापावाला सुन प्रतितोला ८२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरि तेजावी सुनकाे मूल्यमा पनि कुनै घटबढ बिना ८२ हजार २०० मा खरिदविक्री भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले वनाएकाे छ ।

सुनको मूल्यका साथसाथै चाँदीको मूल्य भने स्थिर रहेकाे छ । शुक्रवार प्रतिताेला रू. ८९० रहेकामा आज पनि चाँदीको मूल्य प्रतितोला रु ८९० मै खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

गत एक सातामै सुनको भाउ प्रतितोला ४ हजार ५०० रुपैयाँले बढेको छ। फागुन १८ गते प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य फागुन २३ गते शुक्रबार ८२ हजार ५०० रुपैयाँ पुगेको हाे।

फागुनमा विवाहको लगन भएकाले पनि कारोबार बढेको भएता पनि मूल्य बृद्धीसंगै खपत घटन थालेकाे महासंघले जनाएकाे छ । एकातिर सुनको भाउ लगातार बढनु र लगनकाे अन्त्य पनि हुन लागेकाेले खपतमा मन्दी आएकाे व्यबसायीहरूले बताएकाछन ।

पछिल्लो समय सुनको भाउ बढ्नुमा कोरोना भाइरसको असर नै मुख्य कारण रहेको सूनचाँदी व्यवसायी तेजरत्न शाक्य बताउनु भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *