सन नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

न्भेष्टाेपेपर । भाद्र ४, २०८०

काठमाण्डाैँ । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

इन्स्योरेन्सले नियमानुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, सामूहिक लगानी कोषहरुलाई प्रिमियम मूल्यमा र प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। सोपश्चात बाँकी भएको सर्वसाधारणले अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार मागभन्दा धेरै अावेदन परिसकेकाले आज साँझ ५ बजेपछि बन्द हुँदै छ। सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०६ बजेसम्ममा १२ लाख २१ हजार १४२ आवेदकबाट एक कराेड ३१ लाख ५३ हजार ८९० कित्ता शेयरको लागि आवेदन परेको हो ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *