सुनचाँदीकाे भाउमा दैनिक फेरबदलः आज ह्वात्तै १ हजार रूपैयाँले घट्याे

इन्भेष्टोपेपर । फागुन १३, २०७८

काठमाण्डाैँ । दैनिक जसाे सुनचाँदीकाे भाउमा उकालाे र अाेरालाे यात्राकाे दाेहाेरी चलिरहेकाे छ । हिजाे २ हजार ५ सय रूपैयाँले बढेकाे सुन आज १ हजार रूपैयाँले घटेकाे छ । यसैगरि चाँदीमा भाउमा पनि आज गिरावट आएकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतिताेला १ हजार रूपैयाँले घटेर प्रतितोला ९८ हजार रूपैयाँ कायम भएकाे छ । हिजाे बिहिवार नेपाली बजारमा छापावाला सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा काराेवार भएकाे छ । तेजाबी सुनकाे मूल्यमा पनि प्रति ताेला १ हजार रूपैयाँले कमि भएकाे छ ।

यसैगरी, चाँदीकाे मूल्यमा पनि गिरावट आएकाे छ । बिहिवार चाँदीको मूल्य प्रतितोला १ हजार ३५५ रूपैयाँ थियाे भने आज प्रति ताेला २० रूपैयाँले घटेर १ हजार ३३५ रूपैयाँमा खरिदबिक्री भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ निरन्तर उकालो लागेको छ । रुस युक्रेन बीचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य करिब २ हजार डलर नजिक पुगेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९१३ डलर ८१ सेन्ट पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीकाे मूल्यमा फेरबदल आएकाले नेपालमा पनि भाउ घटबढ भएकाे छ । दिनदिनै घटबढ भैरहने सुनचाँदीकाे मूल्य भाेलीका दिनहरूमा के हुन्छ भनेर किटानीकासाथ भन्न नसकिने व्यवसायीहरू बताउँछन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *