आज सुनकाे मूल्य स्थिर, चाँदीको मूल्यमा भने सामान्य बृद्धी
Investopaper, कार्तिक ०१, २०७६
दशैंपछि लगातार घटिरहेको सुनको मूल्य बुधवार देखि स्थिर रहेकाे छ । शुक्रवार सुनको मूल्यमा कुनै फेरबदल भएकाे छैन भने चाँदीकाे मूल्यमा झिनाे बढाेत्तरी भएकाे छ । छापावाला सुन प्रतितोला ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी शुक्रवार तेजावी सुन प्रतितोला ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनकाे भाउमा पनि कुनै थपघट भएकाे छैन ।

सुनकाे मूल्य घटबढ त भइ नै रहन्छ तर यसअघि भदौ १८ गते सुन हालसम्मकै उच्च मूल्य ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्यमा भने केही बृद्धी भएकाे छ । यसदिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
