अख्तियारद्वारा चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

Investopaper, कार्तिक ०१, २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन कार्यालयका अधिकृत र घरमालिक तथा नापीका दुइ जना कर्मचारीसहित चार जना विरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सब–डिभिजन वन कार्यालय, प्रतापपुर, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का वन अधिकृत पर्शुराम चौधरी र मनोजकुमार शर्माले डिभिजन वन कार्यालयको नियन्त्रणमा रहेको ट्याक्टरको मुद्दा मिलाइदिने क्रममा सेवाग्राहीसँग ६५ हजार रुपैयाँ घूस लिएको पुष्टि भएको मुद्दा दायर गरेकाे जनाएको छ ।

त्यसैगरी भक्तपुर नापी कार्यालयका नापी सर्वेक्षकद्वय सिद्धराज जोशी र वीरभद्र जोशीले
फिल्ड नाप जाँच गर्ने क्रममा फिल्ड खर्चका नाममा सेवाग्राहीसँग ८ हजार रुपैयाँ घूस लिएको आयोगको आरोप छ ।

मुद्दा दायरसँगै तीनैजना कर्मचारीहरू सेवाबाट निलम्बित भएका छन् । अख्तियारले चारै अभियुक्तलाई कैद सजाय र बिगो बराबर जरिवाना गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *