आजको मौसम : चार प्रदेशमा भारी बर्षाको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह

न्भेष्टाेपेपर । असार ६, २०८०

काठमाण्डाैँ । मनसुन प्रवेश गरेसँगै पूर्वी नेपालमा बाढी पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ । कोशी प्रदेशमा आज राति ठूलो पानी पर्ने अनुमान गरिएको छ । मनसुन भित्रिएदेखि कोशी प्रदेशका पहाडी जिल्लामा लगातारजसो पानी परिरहेको छ । 

हालसम्म १० जनाले ज्यान गुमाउँदा २६ जना हराइरहेका छन् । बुधवार पनि पूर्वी नेपालका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । आज पनि बिहान र दिउँसो हल्का तर राति भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । बाढी, पहिरो प्रभावित ताप्लेजुङ, पाँचथर, संखुवासभालगायत पहाडी जिल्लामा राति ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन उहाँको आग्रह छ ।

बुधवार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग लगायत देशको तराई भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ । 

साथै कोशी  र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज बुधवार राती कोशी , मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । खोला, नदी आसपास र भिरालो जमिनमा बसोबास गर्नेलाई विशेष सचेत हुन मौसमविद्को आग्रह छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *