कतारी राजाको सम्मानमा मंगलवार सार्वजनिक बिदा

न्भेष्टाेपेपर । वैशाख १०, २०८१

काठमाडौँ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउने भएपछि नेपाल सरकारले उहाँको सम्मानमा एक दिन (मंगलवार) सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले कतारका राजाको नेपाल भ्रमणको पहिलो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हाे । विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक बिदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा बिदा दिने निर्णय भएको हाे ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उहाँको भ्रमण हुन लागेको हो । दुई निजी जहाज लिएर आउन लाग्नुभएका अमिरका साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले मंगलबार राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नुहुने छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने बुधबार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ ।

तीन एसियाली मुलुकको भ्रमणमा निस्कनु भएका कतारी अमिर फिलिपिन्स र बंगलादेशकाे भ्रमण सिध्याइ नेपाल आउन लाग्नुभएकाे हाे । उहाँ बुधबार बेलुका नै कतार फर्कने कार्यक्रम रहेकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *