ट्विटरको लोगो परिवर्तन, निलो चराको ठाउँमा अब एक्स

न्भेष्टाेपेपर । साउन ९, २०८०

काठमाण्डौ । एलन मस्कले ट्विटरको लोगो फेरेका छन् । यसअघिसम्म ट्विटरमा निलो रङको चरा रहेकोमा मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स राखेका हुन् ।

ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रङको एक्स देख्न सकिन्छ । मस्कले आफ्नो प्रोफाइल फोटो पनि फेरेर एक्स राखेका छन् । मस्कले यसअघि पनि ट्विटरको लोगो निलो रङको चराको सट्टा कुकुर भएको लोगो सार्वजनिक गरेका थिए । तर पछि उनले फेरि निलो चरालाई नै ट्विटरको लोगो बनाएका थिए । 

एलन मस्कले गएको वर्षको अक्टोबर २७ मा ट्विटर किनेका थिए । त्यसयता मस्कले आधाभन्दा कर्मचारी कटौतीदेखि पैसा तिरेर ब्लु–टिक दिनेसम्मका व्यवस्था गरेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *