बिरालोले किन घाँस खान्छ ? यस्ता छन् कारण

न्भेष्टाेपेपर । साउन ९, २०८०

बिरालोले हरियो घाँस खाएको हामी देखेका छौं । तर बिरालोले किन घाँस खान्छ ? यसै विषयमा अमेरिकाका अनुसन्धानकर्ताले अनुसन्धान गरेका छन्। र केही तथ्य पत्ता लगाएका छन्।

वैज्ञानिकहरूका अनुसार जतिपटक बिरालोले घाँस खान्छ, उसले त्यतिपटक बान्ता गर्छ। बान्ता गरेता पनि बिरालोले घाँस भने खान कहिले छाड्दैन। युनिभर्सिटी अफ क्यालिफोर्निया स्कुल अफ भेटेरिनारी मेडिसिनको अध्ययन अनुसार बिरालोले उत्पतीदेखि नै घाँस खाँदै आएको देखिन्छ।

अध्ययनकर्ताका अनुसार पेटमा जुका परेका बेला बिरालोले जुकालाई हटाउन औषधी स्वरुप हरियो घाँस खाने गर्छ। वर्तमान समयमा बिरालोका लागि औषधिहरू बनेका छन्। तर पनि बिरालोले घाँस खाने बानी भने छाडेको छैन।

अध्ययनमा १ हजार २१ बिरालोलाई समावेश गरिएको थियो। अध्ययनमा बिरालोका मालिकले बिरालोसँग ३ घण्टा बिताएका थिए। ३ घण्टाको समयमा ७१ प्रतिशत बिरालोले हरियो घाँस खाएको देखिएको छ।

वैज्ञानिकहरूले बिरालोले घाँस खानुको कारण एउटा बानीको रूपमा हेरेका छन्। अर्को बिरालोले जुकाको औषधीको रूपमा घाँस खाने गरेको बताएका छन्। 

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *