अनौठाे मानिसः एउटा टाउकोमा दुई वटा अनुहार

माघ २१, २०७६ | Investopaper

बिश्वमा धेरै अनौठा मानिसहरुकाे जन्म भएकाे छ र भविष्यमा पनि यस्ताे क्रम जारी नै रहनेछ । त्यस्तै एक अनौठो मानिसमा एक बेलायती नागरिक पनि पर्छन् । तपाइलाई पत्यार नलाग्ला, यी बेलायती नागरिकका टाउकामा दुई वटा अनुहार थिए ।

बेलायती नागरिक एडवर्ड मोर्द जन्मिदा उनलाई देख्ने सबै चकित परेका थिए । उनको टाउकामा अगाडी अनुहार र पछाडी पनि अनुहार देख्दा सबै अचम्मित परे ।

१९ औ शताव्दीमा जन्मिएका उनको पछिल्लो अनुहार हासिरहने गर्थ्याे तर पछाडीको अनुहारले कुनै प्रतिक्रिया दिदैनथ्याे । खान, देख्न र बाेल्न नसक्ने पछाडीकाे अनुहार उनी रूँदा पनि मुस्कुराइ रहेकाे हुन्थ्याे । डाक्टरले शल्यक्रिया गरेर अनुहार छुट्टाउन सकिने बताएका थिए, तर उनले मानेनन् ।

आफ्नो अनुहारका कारण चिन्तित भइरहने माेर्दले २३ वर्षको उमेरमा अात्महत्या गरेका थिए । अझै पनि मानिसहरुले उनको कुरा गरिरहेका हुन्छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *