ज्योति क्यापिटलको संचालकमा उमा श्रेष्ठ नियुक्त

न्भेष्टाेपेपर । माघ ९, २०८१

काठमाण्डाैँ । ज्योति क्यापिटल लिमिटेडको माघ ७ गते सोमबार सम्पन्न संचालक समितिको ५९ औं बैठकले ज्योति विकास बैंकबाट मनोनित भई आउनुभएका बैंकका प्रमुख वित्त अधिकृत उमा श्रेष्ठलाई क्यापिटलको संचालक पदमा नियुक्त गरेको छ ।

बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहमा १२ वर्ष भन्दा बढीको अनुभवी उमा श्रेष्ठसंग ज्योति विकास बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा सफल कार्य गरेको अनुभव रहेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी गर्नुभएको उमा श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट व्यपस्थापनमा स्नातकोत्तर समेत गर्नुभएको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । यस क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा एवं निक्षेप सदस्य सेवा प्रदान गरिरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *