एमालेले टुङ्ग्यायो ५ महानगरपालिका र ९ उपमहानगरपालिकाको उम्मेदवार
इन्भेष्टाेपेपर । वैशाख ११, २०७९
काठमाडौं । नेकपा एमालेको शनिबार साँझसम्म बसेको सचिवालयको बैठकले पाँच महानगरपालिका र नौ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारीको नाम टुंगो लगाएको छ । बैठकको निर्णय बारे जानकारी गराउनु हुँदै एमालेका प्रचार विभाग प्रमुख पृथ्वी सुव्वा गुरुङले सिफारिस भएका नामवली सार्वजनिक गर्नु भएको हो ।
आज बसेको दोस्रो सचिवालय बैठकले छ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका मध्ये एउटा महानगरपालिका र दुई वटा उपमहानगरपालिकाको उम्मेदवारीको नाम टुंगो लगाउन बाँकी रहेको प्रमुख गुरुङले जानकारी दिनुभयो ।
महानगरपालिकाका उम्मेदवारहरूः
- काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित तथा उपमेयरमा सुनिता डंगोल
- ललितपुर महानगरपालिकाे मेयरमा हरिकृष्ण व्यञ्जनकार तथा उपमेयरमा मञ्जली शाक्य
- पोखरा महानगरको मेयरमा दिपक पौडेल तथा उपमेयरमा मञ्जुदेवी गुरुङ
- भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदी र
- वीरगञ्ज महानगरपालिकाको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
अब बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ भने भरतपुर तथा वीरगञ्ज महानगरपालिकाकाे उपमेयरकाे उम्मेदवार घाेषणा गर्न पनि बाँकी रहेकाे छ ।
उपमहानगरपालिकाको उम्मेदवारमा सिफारिस हुनेहरुमा
- धनगढी उपमहानगरपालिका प्रमुखमा रणबहादुर चन्द र उपप्रमुखमा कन्दकला राना थारु,
- नेपालगञ्ज उपमहानगरपालिका प्रमुखमा पशुपतिदयाल मिश्र र उपप्रमुखमा शान्तिदेवी ढकाल,
- तुलसीपुर उपमहानगरपालिका प्रमुखमा टिकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी,
- घोराही उपमहानगरपालिका प्रमुखमा नरुलाल चौधरी र उपप्रमुख हुमा कुमारी डिसी,
- बुटवल उपमहानगरपालिका प्रमुखमा बाबुराम भट्टराइ र उपप्रमुखमा साबित्रादेवी अर्याल,
- हेटौंडा उपमहानगरपालिका प्रमुखमा अनन्त पौडेल र उपप्रमुख सुमित्रा काफ्ले,
- धरान उपमहानगरपालिका प्रमुखमा मञ्जु भण्डारी र उपप्रमुखमा पदम लिम्बु,
- इटहरी उपमहानगरपालिका प्रमुखमा यमकुमार सुब्बा र उपप्रमुखमा संगिता चौधरी तथा
- कलैया उपमहानगरपालिका प्रमुखमा विनोद साहलाइ उम्मेदवार बनाइएकाे छ ।
अब जनकपुर उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखकै उम्मेदवार तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बाँकी रहेको छ ।
