चिवाभञ्ज्याङ पुगेर एमालेको संकल्प अभियान सकियो

न्भेष्टाेपेपर । पुस १, २०८०

काठमाडौं । पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित नेकपा एमालेको संकल्प यात्रा सकिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गर्नुभएकाे हाे । संकल्प अभियान गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको थियो । भारतसँगको सीमाना झुलाघाटमा अध्यक्ष ओलीले झण्डोत्तोलन गरेर अभियान सुरु गर्नुभएकाे थियाे। 

अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ का साथ मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रामा हुनुहुन्थ्याे । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *